July 9, 2026

पत्रकार राईको घरमा शिवाकोटी दम्पत्तीले छाना लगाइदिने

0

झापा ।

आर्थिक अभावमा निर्माण शुरु गरेर सम्पन्न गर्नु नसकेका पत्रकार इन्द्रकुमार राईको घरमा विर्तामोडका शिवाकोटी दम्पत्तीले छाना लगाइदिने भएका छन् ।

शुक्रबार बिहान सञ्चारकर्मीसहित राईको निर्माणाधिन अधुरो घरमा पुगेका विर्तामोडका सामाजिक व्यक्तित्व डिल्लीरमण र गीता शिवाकोटीले राईको घरमा छानाको लागि आवश्यक पर्ने टिन दिने प्रतिबद्धता जनाएका हुन् ।

अर्जुनधारा प्रेस क्लबका सदस्य समेत रहेका राईको घर निर्माणका लागि अर्जुनधारा प्रेस क्लबको पहलमा गत आर्थिक वर्षमा अर्जुनधारा नगरपालिकाले एकलाख रुपैयाँ उपलब्ध गराएसंगै स्थानीय सामाजिक व्यक्तित्व केदार पराजुलीले आठधुर जग्गा उपलब्ध गराएका थिए ।

घर निर्माणका लागि जमिन प्राप्त हुनुका साथै नगरपालिकाबाट प्राप्त एकलाख रुपैयाँले घर निर्माण कार्य शुरु गरेपनि खर्च अभावका कारण घर सम्पन्न गर्न नसकेको पत्रकार राईले बताए ।

पत्रकार राईको घरको छानामा लगाउन आवश्यक टिन उपलब्ध गराइदिने प्रतिवद्धता गर्ने शिवाकोटी दम्पत्तीको उद्धार भावनाको सम्मान गर्दै नेपाल पत्रकार महासंघका झापा शाखाका उपाध्यक्ष एकराज गिरीले आभार सहित धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा पत्रकारहरु दिपिन राई, रमेश समदर्शी राई, रेजिना गौतम लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *