कोरोना भाइरस सम्वन्धि जनचेतना मुलक कार्यक्रम
भद्रपुर ।

कोरोना भाइरसको माहमारी विश्वभर फैलिरहेको भन्दै दक्षिणी झापाको कचनकवलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा कोरोना भाइरस सम्वन्धि जनचेतना मुलक कार्यक्रम शुरु गरिएको छ ।
कचनकवलका गरिव तथा अति विपन्न परिवारका स्वास्थ्यलाई मध्यनजर गरी कचनकवल ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र वनियानीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा कोरोना भाईरस सम्वन्धि जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत एक्सेल डेभलपमेन्ट बैक तथा कचनकवल गाउँपालिकाको संयुक्त आयोजना गरिएको सो शिविरमा नोवेल मेडिकल कलेज विराटनगरका विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेको हो ।
बिहीबार भएको पहिलो दिनको स्वास्थ्य शिविरमा १ हजार भन्दा वढीले सेवा लिएको एक्सेल वैक वनियानी शाखाका प्रमुख राजन ढकालले जानकारी दिए । विशेषज्ञ डाक्टरसहितको टोलीले शिविरमा स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको छ ।
शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा महिला , नाक कान घाटी,भिडियो एक्सरे तथा इसिजी , शल्यक्रिया ,आखा परिक्षण ,ल्याव सेवा ,वाल रोग , दन्त तथा न्युरो सर्जरी , हाड जोर्नि तथा नसा रोग सम्बन्धीका सेवा प्रदान गरिएको छ ।
एक्सेल डेभलपमेनट वैकका कार्यकारी अधिकृत दिनेसकुमार पोखरेलको सभापतित्व तथा प्रदेश सांसद वसन्तकुमार वानियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंसी, प्राथमिक स्वास्थ्य केन्द्र वनियानीका व्यावस्थापन समितीका अध्यक्ष रविचन्द्र ओझा, नोवेल मेडिकल कलेज विराटनगरका नारायणप्रसाद दाहाल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन एक्सेल बैंक सोमबारे शाखा प्रमुख राज झाले गरेका थिए ।
