July 8, 2026

इलाममा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला

0

इलाम ।

इलामको फाकफोकथुम गाउँपालिकामा एक दम्पती हत्या गरिएको अवस्थामा शव फेला परेका छ ।

फाकफोकथुम–५, लुम्देको कैंजले भन्ने स्थानका धनबहादुर खपांगी र उनकै श्रीमती रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नांगो खुकुरी भुइँमा रहेको छ।

श्रीमती रीता धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको पाएको प्रहरी सहायक निरीक्षक भूपेन्द्र ढुंगानाले जानकारी दिए । घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ ।

धनबहादुरकी आमा घटना भएका बेला घरमा नभएको र उनीहरूका १३–१४ वर्षे १ छोरा, ८–९ वर्षकी १ छोरी रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *