July 9, 2026

झापाकी शान्ता काठमाडौंमा सम्मानित

0

झापा,

 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता) काठमाडौंमा सम्मानित भएकी छन् ।

काष्ठमाण्डप रोटरी क्लबले शान्तासहित समाजिक कार्यमा सक्रिय काठमाडौंकी रिता राई र अनिता बज्राचार्यलाई सम्मान गरेको हो । तीनै जनालाई काठमाडौंको होटल ¥यासिनमा आयोजित समारोहका बीच कदर पत्र, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

झापा कनकाई नगरपालिकाकी शान्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाको हक, हित र अधिकार संरक्षणको लडाइँमा १५ वर्षदेखि क्रियाशिल छिन् । उनी सुस्त मनः स्थिति सरोकार समाज नेपालकी अध्यक्ष हुन् । कनकाई नगरपालिकामा अहिले संस्थाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ ।

राई अनाथ बालबालिका र बज्राचार्य अटिजम भएका बालबालिकाको पक्षमा क्रियाशिल छन् । सम्मान पाएपछि सम्बोधन गर्दै शान्ताले समाजसेवाको बाटोमा थप क्रियाशिल भएर हिँड्न प्रेरणा मिलेको बताइन् ।

विगत दश वर्षदेखि समाजमा पृथक काम गरेर फरक छाप बनाएका प्रेरणदायी महिलालाई संस्थाले सम्मान गर्दै आएको रोटरी क्लबका निराजन भट्टराईले बताए । उनका अनुसार वर्षेनी नेपालभरिबाट उत्कृष्ट नारी छानेर पुरस्कृत गरिँदै आएको छ ।

क्लबका पास्ट प्रेसिडेन्ट प्रदीप श्रेष्ठ, फस्ट लेडी प्रिती थापा, पास्ट फस्ट लेडी उषा श्रेष्ठ, कोषाध्यक्ष कोषाध्यक्ष सोफी उपाध्याय, आईभीपी सञ्जिव रिजाल लगायतले सम्मानि व्यक्तित्वहरुलाई प्रमाण पत्र, खादा लगायत हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *