July 13, 2026

सेल्फी खिच्दा तमोरमा बेपत्ता

0

झापा।

कोशी पहाडी जिल्ला धनकुटा नगरपालिका–९ मूलघाटमा तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर शनिबार दिउँसो एक युवक बेपत्ता भएका छन् ।

भारतको बिहार राज्यको पूर्णिया घर भइ विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत भारतीय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए ।

बेपत्ता कुमारको उमेर खुल्न सकेको छैन । आफूसँगै अध्ययनरत् साथीहरुसँग घुम्नको लागि मूलघाट पुगेका कुमारलाई सेल्फी खिच्ने क्रममा दिउँसो साढे बाह्र बजे नदीले बगाएको थियो ।
नदीले बगाएर बेपत्ता भएका कुमारको स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको एसपी कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *