May 6, 2026

सडक नाटकको पात्र प्रहरीको फन्दामा परेपछि…

0

विनोद सापकोटा / झापा ।

शिवसताक्षी नगरको मुख्य बजार दुधे । पुर्व पश्चिम राजमार्गको दक्षीण तर्फबाट विद्यार्थीको एउटा आक्रोशित समुह बाटो काट्दै गरेका । उतर तर्फबाट पनी त्यतिनै संख्यामा आक्रोशित विद्यार्थीको समुह राजमार्ग विचैमा एक्कासी कुटा कुट गर्न थाल्छन ।

नजिकै रहेका अग्रज दुई विद्यार्थी समुहको झगडा छुट्याउन अगाडी बढ्छन । घटना स्थल को एक सय मिटर पश्चिम दुरीमा दुधेको अस्थाई प्रहरी विट । कुद्धेर आएका प्रहरीले झगडा गर्ने दुवै समुहका विद्यार्थीलाई च्याप च्यापी पक्राउ गर्यो । कतिपय विद्यार्थी भाग्न खोजे । झगडा छुट्याउन आएका अग्रजले विद्यार्थीलाई पाखुरामा समात्दै प्रहरीलाई बुझाउन थाले । दुधेवजार एकै छिनमा रणभुमी भयो । घटना स्थल नजिकै रहेका पसलका साहुले हार गुहार मागे । त्यतिकैमा प्रहरी घटना स्थलमा आईपुग्यो । प्रहरीको फन्दामा परेका विद्यार्थीले आत्तिदै प्रहरीलाई भने, ‘हामीलाई सरले भगडा गर्न लगाउनु भएको हो ।’

विद्यार्थीको कुरा सुनेर प्रहरी पनि आश्चर्यमा पर्यो । घटना स्थलमा भएका प्रहरीले गोजिबाट मोवायल निकालेर ईलाका प्रहरी कार्यलय झिलझिलेको मोवायल गस्ती टोलीलाई खवर गर्ने तयारी गरिरहेको थियो । यतिकैमा विद्यालयका कर्मचारी छविलाल दवाडीले यो विद्यार्थीको सडक नाटक हो भनेपछी प्रहरीले विद्यार्थीलाई छोडिदियो ।

विद्यार्थीको झगडा भएको हल्ला एकाएक सनसनी भयो । घटना स्थलमा एकै छिनमा सयौको संख्यामा दुधे बजारका व्यापारी र अभिभावक भेला भए । तर, उक्त घटना नाटक थियो भन्नेबारेमा कसैले थाहै पाएनन् । शिक्षक गोविन्द काफ्ले को सहयोगमा विद्यालयका छात्र छात्रा आफैले तयार पारेको विश्वलाई चिन्तीत बनेको कोरोना भाईरसबाट बच्न र सुरक्षीत रहनका लागि मन्चन गरिएको नाटक थियो । ठुलो भिडलाई सडक नाटक देखाउन विद्यार्थी आफैले झगडा को नाटक गरे । घटना हेर्दा दुई विद्यार्थी समुहको वास्तवीक झगडा जस्तै देखिन्थ्यो । छिमेकी मुलुक चीनबाट संक्रमणका रुपमा विश्वभर फैलिरहेकोे कोरोना भाइरसबाट बच्न का लागि चेतना मुलक सडक नाटक मन्चन भएको थियो ।

कोरोना भाइरसको संक्रणम हुँदा कसरी साबधानी अपनाउने ? कोरोना भाइरस के हो ? यसबारे जानकारी दिन नाटक प्रस्तुत गरिएको शिक्षक गोविन्द काफ्लेले जानकारी दिए । कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गरेको छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भन्दै नाटक द्धारा सचेत रहन दुधेबजारका बासिन्दालाई आग्रह गरेको छ ।

सडक नाटकमा डाक्टर बनेकी विद्या सिग्देलले ज्वरो आउनु, खोकी लाग्नु,छिटोछिटो सास फेर्नु, सास फेर्न गाह्रो हुने, समयमा उपचार नभएका निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु लगायतका कोरोना भाइरसको लक्षण भएको बताएकी थिईन । कोरोना भाइसरको संक्रमणबाट बच्न बुढी आमाको भुमिकामा रहेकी प्रेक्षा पोख्रेल र प्रतिमा नेपाल, स्मृती थापा, आसीका थापाले सम्बादको माध्यमबाट उपाय पनि वताएका थिए ।

नियमित रुपमा सावुनपानीले हात धुने, शरिरका छाला सफा राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने, कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने र तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नपनी कलाकारले शन्देस दिएका थिए ।

यस अघि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका छात्र छात्राले निकालेको चेतनामुलक र्यालीले दुधेबजार परिक्रमा गरेको थियो । नोवेल कोरोना भाईरस विरुद्धका चेतनामुलक शन्देस लेखिएको प्लेकार्ड सहितको र्यालीमा विद्यालयको युवा रेडक्रस सर्कल, सगरमाथा टिन्स क्लव, आदर्शबाल क्लव, हेल्पीङ हेण्डस क्लव लगायतका विद्यार्थीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *