May 6, 2026

उत्प्रेरणाको लागि हेरचाह कार्यक्रम

0

गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिकामा स्थानीय जनप्रतिनिधि र स्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता बिकास गर्ने उद्देश्यले तालिम सम्पन्न भएको छ ।

तालिमको उद्घाटन गर्दै रोङ गाउपालिका वडानम्बर ३ का वडाध्यक्ष एव आर्थिक बिकास समितिका सम्योजक ३ का वडाअध्यक्ष मात्रिका बरालले अपाङगता भएका मानिसहरुको क्षमता बिकास गर्नको लागि सबैले उत्प्रेरणा दिनु पर्ने बताएका छन् ।

समाजको परिबर्तनको लागि जनप्रतिनिधि स्वास्थ्य कार्यकर्ता, अपाङगता भएका मानिसहरु सबै ले सहकार्य गर्नुपर्ने बताउदै तालिमका ज्ञान शीप ब्यवहारमा उतार्न सक्ने हुनु पर्ने बताए । त्यसैगरी रोङ स्वास्थ्य साखाका प्रमुख नेत्रप्रसाद पोख्रेलले करुणा फाउण्डेसनको सहयोगमा गाउपालिकाले बिभिन्न सेवा पाएको बताए ।

उनले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगत बालक्लब, युवा, महिला जेष्ठ नागरिक कृषि, बचत लगायतको क्षेत्रमा रोङ गाउपालिकाले सहयोग पाएको जानकारी दिदै यसबाट रोङ बासीले फाइदा लिन सक्नु पर्ने बताए ।

त्यस्तै रोङ ३ का वडा सदस्य प्रेमराज गुरुङले जनप्रतिनिधि, स्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारी र अपाङगता भएका ब्यक्तिहरुलाइ एकै ठाउ राखेर कार्यक्रम गर्दा सिकाइ आदान प्रदान हुने बताए । कार्यक्रममा रोजिला कार्की, सोमराज अर्याल, शुष्मा ढकाल, राजन राइ लगायतले पनि आआफ्नो धारणा मन्तब्यको क्रममा राखेका थिए ।

दिपेन्द्र खनालले सहजीकरण गरेको तालिम कार्यक्रममा हर्कटे स्वास्थ्य चौकीका स्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारी रोङ ३ र ४ का जनप्रतिनिधिहरु अपाङगता एकता समाजका पदाधिकारीहरु बालक्लबका बिद्यार्थी तथा संरक्षक शिक्षकहरु लगायतको सहभागिता रहेको करुणा फाउण्डेशनका प्रतिनिधि भवानी राईले बताइन् ।

करुणा फाउण्डेशनको उत्प्रेरणाको लागि हेरचाह कार्यक्रम इलामको १० वटै स्थानीय तहको बिभिन्न वडाहरुमा सञ्चालन भइरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *