May 5, 2026

मुद्दा फछ्योटको सङ्ख्या बढ्दो

0

पाल्पा,

जिल्ला अदालतमा न्याय सम्पादन छिटो छरितो रुपमा हुन थालेपछि मुद्दा फछ्र्याेटको सङ्ख्या बढेका छन् । अदालतमा हालसम्म कूल ४२९ मुद्दा दर्ता भएकामा २४२ मुद्दाको फछ्र्योट भएको छ । मुद्दा फछ्र्योट छिटोछरितो रुपमा हुँदा अदालतको प्रगति प्रतिशत बढ्दो छ ।

जिल्ला अदालतले आर्थिक वर्ष २०७६÷७७ को माघ मसान्तसम्म १७८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । माघ मसान्तसम्म २२६ मुद्दा फछ्र्योट भएपछि अदालतको १२७ प्रतिशत प्रगति देखिएको हो । न्याय सेवालाई प्रभावकारी बनाउन र जनताको पहुँच न्याय क्षेत्रमा पु¥याउने उद्देश्यका साथ छिटोछरितो रुपमा काम हुँदै आएको छ ।

जिल्ला अदालतले आव २०७६÷७७ को हालसम्म ५६.४१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७६÷७७ को हालसम्म कूल ४२९ मुद्दामा २४२ मुद्दाको फछ्र्योट गरिएका हुन् । एक सय ८७ मुद्दाको फछ्र्योट हुन बाँकी छ ।

कूल मुद्दामा २४२ मुद्दाको फछ्र्योट हुँदा अदालतको प्रगति ५६.४१ प्रतिशत रहेको न्यायाधीश खडक केसीले बताउनुभयो । न्याय सेवालाई छिटोछरितो रुपमा सम्पादनले अदालतको नतिजा राम्रो देखिएको हो । आव २०७६÷७७ को मुद्दा फछ्र्योट गर्ने लक्ष्य ३८१ रहेकामा हालसम्म २४२ मुद्दा फछ्र्योट हुँदा अदालतको प्रति ६३.५१ प्र्रतिशत देखिएको हो ।

अदालतमा दुनियावादी देवानी ३०३ मुद्दामा हालसम्म १७६ फछ्र्योट हुँदा १२७ मुद्दा अझै बाँकी रहेका छन् । दुनियावादी फौजदारी मुद्दा हालसम्म २९ रहेकामा १२ मुद्दाको फछ्र्योट हुँदा अब १७ मुद्दा बाँकी रहेका जिल्ला न्यायाधीश केसीले बताउनुभयो । त्यसैगरी सरकारीवादी फौजदारी मुद्दा ९४ रहेकामा हाल ५१ मुद्दा फछ्र्योट भइसकेका छन् । हाल ४३ मुद्दाको अझै फछ्र्योट हुन सकेको छैन ।

अदालतका स्रेस्तेदार कृष्ण मुरारीले थुनुवा मुद्दातर्फ हालसम्मको जम्मा लागत ३७ थान मुद्दामा जम्मा १३ मुद्दा फछ्योट भइसकेका बताउनुभयो । थुनुवातर्फ अझै २४ मुद्दाको फछ्र्योट हुन सकेको छैन । थुुनुवा मुद्दाको फछ्र्योट हुँदा २७ थुनुवा सङ्ख्या छ । हाल दुई महिला र २५ पुरुष छन् ।

पुरुषमध्ये तीनजना विदेशी नागरिकसमेत रहेका मुरारीले बताउनुभयो । स्थानीय तहमा गठित न्यायिक समितिका काम कारवाही प्रभावकारी बनाउन जिल्ला अदालतले निरीक्षण गरेको छ । न्यायिक समितिमा कानूनी दक्षता नभएका मानिस समितिमा हुँदा कार्यसम्पादनमा समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *