May 5, 2026

कोरोना भाइरसका ३ हजार २ सय ८३ जनाको मृत्यु

0

झापा ।

कोरोना भाइरसका संसारभरी ९५ हजार ३६ व्यक्ति संक्रमित छन् । यसका कारण ३ हजार २ सय ८३ को मृत्यु भइसकेको छ ।

इटली कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिको मामलामा संसारको तेस्रो देश हो । यहाँ ३ हजार ८९ व्यक्ति यो भाइरसको संक्रमणमा छन् । यहाँ करिब १ सय ७ व्यक्तिको मृत्यु भइसकेको छ । यस्तै, सिंगापुरका क्याथोलिक इसाई अब चर्चमा गएर प्रार्थना गरिरहेका छैनन् । उनीहरु अनलाइनमार्फत् नै पूजा गरिरहेका छन् ।

इटलीको सरकारले कोरोनाभाइरस फैलन रोक्नका लागि आफ्ना सबै स्कूल र विश्वविद्यालय बन्द गरेको छ । युरोपेली देशमा इटली एउटा एक्लो देश हो जहाँ कोरोनाभाइरस यति भयावह तरिकाले फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा कूल २८ जनाको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । यसका कारण अहिलेसम्म इटलीमा मृतकको संख्या बढेर १ सय ७ पुगेको छ । इटलीका प्रधानमन्त्री जियुसेप कोन्टेको सरकारले अभिवादनको पारम्परिक इटालियन तरिका चुम्बन बन्द गर्न आदेश दिएको छ । यसले कोरोनाभाइरस फैलने खतरा कम हुने बताइएको छ ।-रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *