May 4, 2026

छुट्टाछुट्टै स्थानमा आगलागी ७१ लाख बढीको क्षति

0

झापा ।

झापासहित मोरङ र इलाममा आगलागी हुँदा ७१ लाख ८० हजार रुपैंया बराबरको क्षति भएको छ ।

झापाको कमल गाउँपालिका–५ मंगलबारे बजारमा रहेको शेरबहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुँदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाडाबर्तन लगायतका सामानहरु नष्ट हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो हिजो बेलुका लागेको थियो ।

उता इलामको फाकफोकथुम गाउँपालिका–६ फुस्रेमा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासको दुई तले घरमा बिधुत सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेको साथै घर भित्र रहेको नगद दुई लाख ,५ तोला सुन, ल्याप्टप ४ थान कम्प्युटर २ थान लगायतका सामानहरु जलेर नष्ट हुदा ४४ लाख ८० हजार रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यस्तै मोरङ बेलबारी–११ भाङबारीका नरबहादुर तामङको घरमा बिधुत सर्टभई आगलागी हुँदा अन्नपात, फर्निचर लगायतका सामानहरु जलेर नष्ट हुँदा सात लाख रुपैंया बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *