May 3, 2026

कोरोना भाइरसबाट बच्न होलीमा यी कुराहरुमा विशेष ध्यान दिन डाक्टरको सुझाव

0

काठमाडौं ।

होली खेल्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।

टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले कोरोना भाइरसको जोखिम बढेकाले होली खेल्दा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

डाक्टर बास्तोलाका अनुसार कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्छ । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ ।

यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताए । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *