May 6, 2026

शव वहान खरीदका लागि स्वर्तस्फूर्त ९ लाख बढी संकलन

0

बुद्धशान्ति ।

जोईन्ट हेण्ड युथ सोसाईटी बुद्धशान्ति झापा शव बाहन खरीदको अन्तिम तयारीमा जुटेको छ ।

करीब १ बर्ष देखी शव बाहन खरीदको योजना लिएर अगाडि बढेको सोसाईटीले आउँदो नयाँ वर्षमा शव बाहन खरीद गर्ने योजना राखेको सोसाईटीका अध्यक्ष सञ्जील प्रसाईले बताएका छन् ।

हाल शव बाहन खरीदका लागि स्वर्तपूmर्त रकम प्राप्त भइरहेको छ । स्थानीय बुद्धिजिवी, समाजसेवी, व्यवसायी, संघसंस्था लगायत वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले शव वाहन खरीदका लागि आर्थिक सहयोग गरिरहेका छन् । जोइन्ट हेन्ड युथ सोसाइटीले पूmल स्टल, देउसी भैलो कार्यक्रम, भाग्यशाली चिठ्ठा कार्यक्रम गरेर शव बाहन खरीदका लागि रकम संकलन गरेको थियो भने काठमाडौँ, हेटौँडा लगायत स्थानीय क्षेत्रबाट रकम जुटिरहेको संस्थाका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् ।

बुधबारसम्म ९ लाख बढी रकम संकलन भएको बताइएको छ । सहयोग गर्न संस्थाले सबैलाई अपिल पनि गरेको छ ।

बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा रोङ, बिर्तामोड, भद्रपुर, दमक, सुर्योदय, इलाम लगायतका पूर्वी क्षेत्रमा शव बाहनले सेवा पु¥याउने अध्यक्ष प्रसाईको भनाई छ ।

यस संस्था सामाजिक कार्यमा सकृय रहँदै आएको छ । संस्थाले सेवालाई पहिलो प्राथमिकतामाराखेर गतिबिधि गर्दै आएको छ । यो संस्था बुद्धशान्तिका युवाहरुले सञ्चालन गरेको संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *