September 22, 2026

पाथीभरा म्याराथन प्रतियोगिताको उपाधि सुमन कुलुङ र सुनमाया बुढा क्षेत्रीलाई

0

ताप्लेजुङ, पाथीभरा म्याराथन प्रतियोगिताको उपाधि सुमन कुलुङ र सुनमाया बुढा क्षेत्रीले हात पारेका छन् ।

प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले चार घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धारित ५४ किलोमिटर दूरी पार गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा पाँचथर फिदिमका प्रताप थाम्सोहाङले चार घण्टा १४ मिनेट नौ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भएका थिए । त्यस्तै रुकुम मुसिकोटका दुर्गाराज बुढाले चार घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै तेस्रो उपाधि प्राप्त गरेका थिए ।

त्यसैगरी महिलातर्फ जुम्लाकोपातारासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्रीले ४४ किलोमिटर दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भएकी थिइन् । त्यस्तै प्रतिष्पर्धी त्रिभुवन आर्मी क्लवकी सरिता बासी तीन घण्टा ४८ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन् भने धादिङ धुनिबेसींकी रसिला तामाङले चार घण्टा ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो उपाधि हात पार्न सफल भएकी छिन् ।

खुलातर्फका विजेताले एक लाख ५१ हजार, उप–विजेताले एक लाख ११ हजार र तेस्रो भएकाले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ प्रथमले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार रुपैयाँ पुरस्कार र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *