May 14, 2026

‘हैट’ र ‘तक्मे बुढा’को उपस्थितीमा रमाए सबै

0

अमित खम्बू /अर्जुनधारा ।

“नेपाल भ्रमण वर्ष २०२०”लाई लक्षित गरी गत फागुन ४ देखि सुरु भएको वृहत अर्जुनधारा नगर महोत्सव पूर्वतयारी कार्यक्रमअन्र्तगत मंगलबार अर्जुनधारा–१० नम्बर वडामा भने फरक देखियो ।

अर्जुनधारा–७ नम्बर वडाबाट सुरु भएको उक्त कार्यक्रम ११ नम्बर वडासम्म आइपुग्दा एकै प्रकृतिको जस्तो लाग्ने कार्यक्रममा सहभागीहरु स्थानीय सिंहवाहिनी प्राथमिक विद्यालयको प्राङ्गणमा भने रमाईलो अवस्थामा देखिनुको कारण थियो वर्तमान सिने जगतका चर्चित राष्ट्रिय कलाकारद्वय बुद्धी तामाङ ‘हैट’ र विल्सनविक्रम राई ‘तक्मे बुढा’ ।

वडाध्यक्ष बलदेवसिंह गोम्देनको विशेष निमन्त्रणामा झापाली कलाकार ‘तक्मे बुढा’ र काभ्रेली कलाकार ‘हैट’को उपस्थितीका कारण उक्त कार्यक्रम “सुनमा सुगन्ध झैं” भएको भान हुन्थ्यो । पर्दामा अभिनय हेरेर मनोरञ्जन लिनुपर्ने राष्ट्रिय कलाकारद्धयलाई प्रत्यक्ष आफ्नो ठाँउमा देख्न पाउँदा, सँगै तस्बिर खिचाउन पाउँदा र उनीहरुको प्रस्तुती हेर्न पाउने लालसामा सबै फुरुङ्ग देखिएका थिए ।


अनुमानित सात घण्टाको अवधिमा कार्यक्रम हेर्न पुगेका सहभागी दर्शक, आफ्ना फ्यान, जनप्रतिनिधि, शिविरमा खटिएका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीलगायत सबैसँग पालैपालो तस्बिर खिच्न पुगेका दुवै कलाकारको प्रस्तुती हेर्न आतुर सबै कलाकारको प्रस्तुती हेर्न नपाउँदा भने केही मात्रामा खिन्न भएको भान हुन्थ्यो ।

सुरुमा स्थानीयको प्रतिभा अवलोकन गर्ने र समय रहे आफ्नो प्रस्तुती देखाउने सहमति भएकोमा समय अभावका कारण दुवै कलाकारको प्रस्तुती राख्न नसकिएको वडाध्यक्ष गोम्देनले बताए । ६ः१०को प्लेनमा काठमाण्डौं फर्कनुपर्ने बाध्यताबिच ५ः३० बजे कार्यक्रम स्थलबाट विदा भएका उनीहरुले स्थानीहरुको प्रतिभा र सबैले देखाएको माया र सद्भावले भने आफूहरुको मन छोएको प्रतिक्रिया दिएको तक्मे बुढालाई उद्धरित गर्दै वडाध्यक्ष गोम्देनले बताए ।

मञ्चमा भन्दा सहभागीहरुको सिफारिसमा तस्बिर खिच्न पटकपटक बाहिर निस्कनुपर्दा सहभागीहरुको ठूलो जमात तस्बिर लिन र सेल्फी खिच्न झुम्मिरहेका थिए । राष्ट्रिय कलाकारद्वयको उपस्थितीसँगै अर्को कारण थियो नयाँ श्रीनाथ गण चारआलीले सर्पदंश सम्बन्धी जनचेतनामूलक कार्यक्रम र विपद् व्यवस्थापन सम्बन्धी आवश्यक सामग्रीहरुको स्टल, नगर कृषि विकास शाखाले सञ्चालन गरेको माटो प्रयोगशाला स्टल, दृष्टी आँखा अस्पतालको आँखा शिविर आदि ।

त्यसैगरी नियमित कार्यक्रमअन्र्तगत नगर स्वास्थ्य शाखा, नगर पशुपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखा, राजश्व शाखालगायतले विभिन्न सेवाहरु प्रदान गरेका थिए । वडाध्यक्ष गोम्देनको अध्यक्षता र प्रमुख अतिथि प्रदेश १ का सांसद् झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सांस्कृतिक एवम् साहित्य प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य भोला गौतम र कृष्ण चापागाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *