May 14, 2026

चोरीको मोटरसाइकलसहित झापामा दुई जना पक्राउ

0

झापा ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जले चोरी भएको एक भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गौरीगञ्ज गाउँपालिका ६ देवीगञ्ज बस्ने २७ वर्षीय शरदकुमार माक्रा र गौरादह नगरपालिका ७ गुवालडुब्बा बस्ने कालचन माक्रालाई पक्राउ गरेको हो ।

गौरीगञ्ज ६ देवीगंज बस्ने उपेन्द्र यादवको बीआर ३८ के ८१३५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल घरको भरण्डामा राखिरहेको अवस्थामा गए राती चोरी भएको इलाका प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिए ।

चोरी भएको मोटरसाइकललाई गौरादह ७ गुवालडुब्बा बस्ने कालचन माक्राले आफ्नो घरमा तिर्पालले छापेर राखेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

यता मोटरसाइकलसहित पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *