May 14, 2026

ग्यालेक्सी इन्टर पावर लिफ्टिङ प्रतियोगिता सम्पन्न

0

बिर्तामोड ।

ग्यालेक्सी फिटनेस विर्तामोडको आयोजनामा ग्यालेक्सी इन्टर पावर लिफ्टिङ प्रतियोगिता सम्पन्न भएको छ ।

ग्यालेक्सी फिटनेस विर्तामोडको चौथो वार्षिकोत्सवको अवसरमा संस्थामा आवद्ध शारीरिक सुगठनका खेलाडीहरुको क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरेको सञ्चालक चन्द्र राना मगर लाफाले बताए ।

प्रतियोगिता अन्तर्गत महिला तर्फको खुल्ला डेटलिफ्ट प्रतियोगितामा प्रथम माया सुव्वा, दोस्रो विनु क्षेत्री, तेस्रो लासाङ लामा भएका थिए । त्यस्तै पुरुष तर्फको ६५ केजी तौल समूहको डेटलिफ्ट प्रतियोगितामा प्रथम प्रकाश सुनुवार, दोस्रो महेश ठगुन्ना, तेस्रो सुजन सुवेदी भएका थिए भने पुरुष तर्फको ७५ केजी तौल समूहको डेटलिफ्ट प्रतियोगितामा प्रथम अनुप अधिकारी , दोस्रो किरण राई, तेस्रो पंकज कार्की भएका थिए ।

त्यस्तै पुरुष तर्फको ७५ केजी भन्दा माथीको तौल समूहको डेटलिफ्ट प्रतियोगितामा प्रथम अंकित थापा, दोस्रो सुनिल लावती ,तेस्रो प्रकाश चौधरी भएका थिए । त्यसैगरी वेञ्चप्रेस तर्फको खुल्ला पुरुष तर्फको प्रतियोगितामा प्रथम सुजन सुवेदी , दोस्रो प्रकाश सुनुवार, तेस्रो महेश ठगुन्ना भएका थिए । त्यसैगरी वेञ्चप्रेस तर्फको पुरुष तर्फको ७५ केजी तौल समूहमा प्रथम किरण राई, दोस्रो अनुप अधिकारी , तेस्रो पंकज कार्की भएका थिए भने वेञ्चप्रेस तर्फको पुरुष तर्फको ७५ केजी भन्दा माथीको तौल समूहमा प्रथम अंकित थापा, दोस्रो सुनिल लावती र तेस्रो प्रकाश चौधरी भएका थिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा प्रशिक्षक ललित धिमाल र सह निर्णायकमा रतन लिम्वू र चन्द्र लिङ्देन रहेका थिए । ग्यालेक्सी फिटनेस विर्तामोडका सञ्चालक सन्दीप शेर्माको अध्यक्षता तथा युवा व्यवसायी दिपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल ,फिटनेस व्यवसायी संघका सदस्य खेमराज श्रेष्ठ , दावा शेर्पा , रेखा वाँस्तोला , पुरस्कार प्रायोजनकर्ता वोरिस उदाश, प्रेम राजवंशी लगायतले विजेताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन ग्यालेक्सी फिटनेस विर्तामोडका सञ्चालक चन्द्र राना मगर लाफाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *