क्यान्सर पीडितलाई सहयोग
बिर्तामोड ।
क्यान्सर रोगबाट पीडित बनेका बाह्रदशीका गाउँपालिका – १ भागुडुब्बाका कृष्णप्रसाद राजवंशीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाली कांग्रेस बाह्रदशी गाउँ समितिले राजवंशीलाई ५७ हजार ५ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
राजवंशी नाकको क्यासरबाट पीडित छन् । आर्थिक अवस्था कमजोर भएपछि उनको उपचारका लागि यस अघि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले ५० हजार रुपैयाँ प्रदान गरेका थिए । सिटैलाकै पहलमा वाह्रदशी गाउँपालिकाले राजवंशीलाई आर्थिक सहयोग गरेको वाह्रदशी गाउँपालिका – ३ कि जनप्रतिनिधि लक्ष्मी निरौलाले जानकारी दिइन् ।
रकम हस्तान्तरण समारोहमा नेपाली कांग्रेसका नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य भगीरथ पोद्दार, प्रदेश ख का सभापति नवीन विमली, वाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी,पार्टीका जिल्ला सदस्य रामप्रसाद दुलाल, प्रेम वस्नेत, उमाराम प्रसाई, भुपाल बस्नेत, पार्टीका वाह्रदशी गाउँपालिका अध्यक्ष ओमप्रकाश गौतम लगायतले राजवंशीको घरैमाा पुगेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
