June 18, 2026

कञ्चनगढको १४ औं वार्षिकोत्सव

0

 

बिर्तामोड,
बाह्रदशी गाउँपालिकास्थित बिहीवारे बजारमा रहेको कञ्चनगढ एजुकेशन फाउण्डेशनले १४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच खेलकुद क्षेत्र, शिक्षा र विभिन्न विधामा उत्कृष्ठ गर्ने विद्यार्थीलाई पुरस्कृत गर्दै विद्यालयले बार्षिकोत्सव मनाएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रकला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चमणि माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भूमिनन्दन मिश्रलाई सम्मान गरिएको थियो भने विद्यालयमा रहेको बाल क्वलले पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बाह्रदशी शिक्षा शाखा प्रमसख ज्ञानवहादुर पौडेल, प्याव्सन बाह्रदशी अध्यक्ष लक्ष्मी उप्रेती, बाह्रदशी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष रत्न प्रकाश योङ्हाङ्ग,विद्यालयका संरक्षक मधुराम पनेरु, टीककामाया पनेरु, मिनी माउण्टेन विद्यालयमा प्रिन्सिपल खगेन्द्र सुवेदी, पञ्चमणि माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णकुमार राई, कञ्चनगढ गौरीशंकर शिवालय तथा साधुकुटीका सहकारी संस्थाका अध्यक्ष ज्ञानु सुवेदी, गायत्री स्वरुपाश्रम गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष धर्म चापागाई लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल जीवन पनेरुले विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन टिका कुमार घिमिरे र रोशिका उप्रेतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *