October 1, 2026

सामुदायिक नर्स कार्यक्रम शुरु

0

मान्म,

कालिकोटका छ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम शुरु भएको छ । कुपोषणलाई कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक नर्स कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछन् ।

सामुदायिक नर्सले स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँ, चिनो, कागुनु, मार्सी चामल, सिमी, मास, भटमासलगायतका खाद्यवस्तुको प्रयोग ल्याउन गाउँमा जानकारी दिने उद्देश्यले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँच पु¥याउन पहिलोपटक शुरु गरिएको कार्यक्रमले आम नागरिकलाई भरपुर सेवा दिने कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताउनुभयो । “गाउँमा उत्पादित अर्गानिक खाद्यवस्तुको प्रयोगले कुपोषण घट्ने छ”, उहाँले भन्नुभयो ।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भीष्मप्रसाद पोख्रेलले सामाजिक विकास मन्त्रालयले लागू गरेको सामुदायिक नर्स कार्यक्रम महत्वपूर्ण भएकाले स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई सही तरिकाले सेवा दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम प्रभावकारी बनाउन स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहँुलगायतका अन्नको महत्वलाई बुझाएमा कुपोषण घट्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *