October 11, 2026

प्रजातन्त्र दिवसको अवसरमा सेवाग्राहीलाई स्वागत तथा सम्मान

0

काँकरभिट्टा,

७० औँ प्रजातन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगर नगरपालिकाले बुधबार विविध कार्यक्रम सम्पन्न गरेको छ । २००७ साल फागुन ७ गते नेपाली जनताको अथक शक्तिबाट राणा शासन पराजित भएर प्रजातन्त्र स्थापना भएको दिन हो ।

फागुन ७ गते ऐतिहासिक जनआन्दोलन मार्फत सार्वभौम नेपाली जनताले राशणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपुर्ण र अविस्मरणीय दिन पनि हो । यसैको अवसरमा नगरपालिकालगायत सवै वडाले कार्यालयमा सेवा लिन आउने मध्ये शुरुमा आउने सेवाग्राहीलाई स्वागत तथा सम्मान गरेको हो ।

नगरपालिका कार्यालयमा नापी शाखामा सेवाका लागि आइपुगेका तुलाराम तिम्सिना, पञ्जिकरण शाखामा सेवाका लागि आइपुगेकी पशुपति कट्टेल, सामाजिक विकास शाखामा आएका भुवन कटुवाल, रुमन वस्नेत, रोशन वस्नेत र आर्थिक विकास शाखामा सेवाका लागि आएका भिमप्रसाद गजमेरलाई स्वागत तथा सम्मान गरिएको हो ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गलगायतले सेवाग्राहीलाई अविर टीका र खादा पहिर्याएर सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *