October 11, 2026

बुद्धशान्तिमा जिल्ला स्तरीय फुटवलको तयारी

0

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको तयारी गरिएको छ । सृजनशिल युवा समाजको आयोजना तथा जिल्ला फुटवल संघ र रेफ्रि संघ झापाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । फागुन २२ गते देखि चैत १ गतेसम्म आयोजना हुने फुटवल प्रतियोगिता स्थानीय गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

फुटवलको माध्यमबाट सामाजिक विकृति, कुसस्कार, वेतिथि हटाउन चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पु¥याउनुका साथै युवा पुस्तालाई सिपमुलक तालिम सिकाई स्वरोजगार बनाउन सहयोग गर्ने प्रतियोगिताको लक्ष्य छ । झापा र इलामका १० टोलीले सहभागिता जनाउने प्रतियोगिताको तयारी करीव ६० प्रतिशत काम सकिएको आयोजक समितिका अध्यक्ष शुकराज कार्कीले जानकारी गराए ।

प्रतियोगितामा झापाका चर्चित खेलाडीले भरिएको फुटवल क्लव अन्तर्गत न्यूस्टार क्लव खोपवाडी, रोलिङ क्लव धुलावारी, मुनाल क्लव चन्द्रगडी, शनिश्चरे फुटवल क्लव, शिवसताक्षी फुटवल क्लव, आदर्श युवा क्लव, झापा फुटवल क्लव, पूर्वेली युवा क्लव, इलामको फिक्कल फुटवल क्लव र आयोजक सृजनशिल युवा समाज रहेको छ । सहभागी फुटवल क्लवबाट राष्ट्रिय स्तरका खेलाडी समेत खेलमा उत्रिने खेल संयोजक नरेश जवेगु (लिम्बू)ले जानकारी दिए ।

प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार स्थानीय हाल साउदी अरेवियामा रहेका सोनी कार्कीले गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन्द्र भट्टराईले बताए । यसका साथै प्रतियोगिताको विभिन्न विद्याका पुरस्कार अमेरिकाबाट एसटी तामाङ्गले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उप–विजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका सह–सचिव निर्मल पराजुलीले जनाए ।

पत्रकार सम्मेलनमा आयोजकका सदस्यसहित स्थानीय सामाजिक व्यक्तित्व गोपीकृष्ण दाहाल, शिक्षासेवी रविन मैनाली लगायतको उपस्थिति थियो । प्रतियोगिताको फाइनल अघि रक्तदान कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ । यसका साथै बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने र प्रत्येक दिनको फुटवल हेर्ने दर्शकको संख्या ३ हजार बढी हुने आयोजकले अपेक्षा राखेको छ । प्रतियोगिता सञ्चालन गर्न बुद्धशान्ति गाउँपालिका, चार नम्वर वडा कार्यालय,विभिन्न संघ÷संस्था र व्यापारिक संस्थाले आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *