October 13, 2026

सताक्षी गोल्डकपमा विजयी हुँदै थ्री स्टार अन्तिम चारमा

0

विनोद सापकोटा / झापा ।

तेस्रो संस्करणको सताक्षी गोल्डकप अन्तर्गत सोमबार भएको खेलमा थ्री स्टार फुटबल क्लब काठमाण्डौ प्रतियोगिताको अन्तिम ४ मा प्रवेस गरेको छ । मोरङ्गको वेलवारी फुटवल क्लवलाई ३–० गोल अन्तरले हराउदै उसले प्रतियोगिताको अन्तिम ४ मा स्थान पक्का बनाएको हो ।

अव,फाइनल प्रवेशका लागि थ्री स्टारले मनाङ मस्र्याङदीलाई उद्धघाटन खेलमा हराएकोे आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ । मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउदै आयोजक आईतवार सेमिफाइनलमा प्रवेश गरेका थियो । थ्री स्थार संग पराजित बेलबारी फुटवल क्लव १ नम्वर प्रदेश लिगको उपविजेता टिम हो ।

दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्री स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि सञ्जोगकै एसिस्टमा सुशील राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको क्रस पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३–० को फराकिलो गोल अन्तरमा पुर्याए ।

त्यस्तै, खेलको २३ औँ मिनटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्री स्टारका डिफेन्स अनन्त तामाङले क्लियर गरिदिए । पहिलो हाफको अन्तिम २ मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको फ्रिकिक प्रहार ब्लक हुँदा बेलबारीले गोल गर्ने अवसर गुमायो । भूषण सुब्बाको सो प्रहार ब्लक भएको थियो ।

खेलका म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल,मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल र लायन्स क्लव अफ शिवसताक्षीका संस्थापक चार्टर प्रेसिडेन्छ याम काफ्लेले नगद १० हजार र ट्रफि द्धार पुरस्कृत गरेका थिए । मंगलबारको खेल त्रिभुवन आर्मी र भारतको दार्जेलिङ्ग स्थित एम एफ सी बीच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *