October 13, 2026

चाँदी र तामाका सामानसहित पक्राउ

0

भद्रपुर,

झापाको मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौँ महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ११ केजी ९०० ग्राम चाँदी र २१ केजी बराबरको तामाका सामान बरामद गरेको थियो । बरामद सामान र पक्राउ परेका दुवैलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *