October 13, 2026

नेल्टा झापाको अध्यक्षमा पुनः राई

0

अर्जुनधारा ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविद्यिक संघ(नेल्टा) झापाको दोस्रो अधिवेशन सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।

“लोकतान्त्रिक नेपाल पशु स्वास्थ्य सेवा प्राविद्यिकहरुको पहिचान, पशु पालनमा नेल्टाको अभियान” भन्ने नारासहित आयोजित अधिवेशनको प्रमुख अतिथि नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले उद्घाटन गरेका थिए ।

नेल्टा झापाका अध्यक्ष पदमलाल राईको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा संस्थालाई विशेष योगदान पु¥याउने भरतराज कँडेल, पुर्वार्ध डेरी उद्योगका सञ्चालक कमल भण्डारी, कनकाई कृषि फर्मका सञ्चालक सुवोध ढुंगेल, पाथीभरा गाई फर्मका सञ्चालक सुदिप गौतम र विश्वास कृषि फर्मका सञ्चालक डम्बर चौधरी रहेका छन् ।

कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष जनक रावल, महासचिव सुरेश श्रेष्ठ, कर्मचारी युनियन संघ झापाका अध्यक्ष कविन्द्र नेम्वाङ, नेपाल पाराभेटनरी एण्ड लाइभस्टोक संघ (नेभ्ला) झापाका सचिव दिवस राई, सम्मानित व्यक्तित्व सुवोध ढुंगेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सदस्य लीला मगरले स्वागत गरेको कार्यक्रको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् । सोही अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि पुनः राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

नवगठित समितिका उपाध्यक्षमा खगेन्द्र रिजाल, सचिवमा चन्द्र फूँयाल, सहसचिवमा लीला मगर र कोषाध्यक्षमा टंक पौड्याल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा अग्नि पराजुली, कृष्ण खतिवडा, चन्द्रसिंह गणेश, जनक भूजेल, मानबहादुर लम्जेल, रेनुका कटुवाल, वासुदेव गौतम र शुक्रराज तुम्रोक चयन भएका छन् ।

त्यसैगरी अधिवेशनबाट आगामी फागुन १५, १६ र १७ गते हुने नेल्टाको दोस्रो महाधिवेशनका लागि दिपेन्द्र लामिछाने, प्रजा जोशी, भरतराज कँडेल र मछिन्द्र यादव महाधिवेशन प्रतिनिधि र मोहन जोशी पर्यवेक्षक चयन भएको अध्यक्ष राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *