October 14, 2026

जवरजस्ती करणी मुद्दामा पूर्व सभामुख महरालाई सफाइ

0

काठमाडौं,

पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन्।

आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमबार गरिएको फैसला महराको पक्षमा आएको हो। जिल्ला अदालत काठमाडौंमा आइतवारै दुवै पक्षको बहस सकिएको थियो।

तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा थिए।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *