October 15, 2026

‘जय जय पाथिभरा’ सार्वजनिक

0

बिर्तामोड ।

गायिका कविता शिवाकोटीले ‘जय जय पाथिभरा’ बोलको भजन आफ्नै युट्यव च्यानल ‘कविता शिवाकोटी’बाट सार्वजनिक गरेकी छिन् ।

दर्जनौ हिट गित दर्शकमाझ दिन सफल भएकी गायिका शिवाकोटी छैटौ भजन भएको बताइन् । रचना किरण के उप्रेतीले गरेको भजनमा स्वर शिवाकोटीको छ भने भजनलाई संगित भिम विसीले दिएका छन् । भजनमा अभियन गायिका शिवाकोटी र यशोदा उप्रेतीले गरेका छन् ।

भजनको निर्देशन रोहित लामगादेले गरेका छन् भने कोरियोग्राफि लामगादे र शम्भु श्रेष्ठले गरेका छन् । क्यामेरा तथा भजनको सम्पादन सुभास लिम्बुले गरेका छन् । उनले गायनलाई अगाडि बढाउन परिवारसहित श्रीमान भूपाल शिवाकोटीको सहयोग रहेको बताएइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *