October 17, 2026

७१ जना महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच

0

बिर्तामोड।

महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच गर्दै कनकाई नगरपालिका क्षेत्रका ७१ जना महिलाहरुलाई शुक्रवार औषधि बितरण गरिएको छ ।

सहारा नेपाल सहकारी संस्था (साकोस)को सहयोगमा भएको शिविरमा कनकाई नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । आफ्ना नगर क्षेत्रका महिलाहरुलाई निरोगी राख्न विराटनगरमा मुख्य कार्यालय रहेको जीयर शैक्षिक संस्था नेपाल विकास तरङ्गिणी संस्थाले कनकाई नगरपालिकासंग सहकार्य गर्दै कल्कोस्कोपीको माध्यमबाट महिलाहरुको पाठेघर जाँच गराउँदै निःशुल्क औषधि बितरण गरेको थियो ।

पाठेघरको स्क्रिनिङ्ग गर्दा महिलाहरुले स्वयम् हेर्न सक्ने व्यवस्था सहित ७१ जना महिलाहरुले सेवा लिएको आयोजक संस्थाका संयोजक युवराज धितालले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने शिविरमा डा. काजल विकसहित प्राविधिक संगीता अधिकारी, स्वर्णा शर्मा आचार्य, अमृता धिताल, पवित्रा याक्सो लिम्बू, सुनिता राजवंशी, अरुणा घिमिरेले स्वास्थ्य जाँचमा सहयोग पु¥याएका थिए ।

कनकाई–८ लक्ष्मीपुरामा आयोजित शिविरमा स्वास्थ्य जाँच गराएका महिलाहरुलाई सहारा नेपाल सहकारी संस्थाले औषधि निःशुल्क उपलब्ध गराएको सहकारीकी कर्मचारी सुशीला बोहोराले जानकारी दिइन् । यसअघि कनकाई नगरपालिका–९ घैलाडुब्बामा समेत शिविरको आयोजना गरिएको थियो ।

सो शिविरमा चार सय २३ जनाको स्वास्थ्य जाँच गर्दा ९ जनामा पाठेघरमा क्यान्सर देखापरेको घैलाडुव्वा स्वास्थ्य चौकीका इञ्चार्ज इन्द्रहरि भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *