October 17, 2026

मोरङ।
मोरङको लेटाङ नगरपालिका–१ धोबीघाटका ६४ बर्षीय बलबहादुर लामिछाने मगरको लडेर मृत्यु भएको छ ।

मगर शुक्रवार बिहानको राति ४ बजेको समयमा पाँचथरे खोलामा लडेर मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मगरलाई खोलाको डिलमा मृत फेला पारेको थियो ।

मृतकको कानूनी प्रकृया पूरा गरी शव परीक्षणको लागि मंगलवारे अस्पताल पठाएको र थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *