October 17, 2026

रेड हर्ष इलाम कचनकवल गोल्डकपको फाइनलमा

0

भद्रपुर ।

रेड हर्ष फुटबल क्लब इलाम तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी फुटबल क्लब मोरङलाई शून्यको विरुद्ध एक गोलले स्तब्ध पार्दै रेड हर्ष इलाम फाइनलमा प्रवेश गरेको हो ।

शनिवार हुने दोस्रो सेमिफाइनल चर्च ब्वाइज युनाइडेट ललितपुर र ताल तलैया फुटबल क्लब सुनसरी बिच हुनेछ । जसले जित्छ उपाधिका फाइनल इलामसँग भिडेनछ । सेमिफाइनल खेलको पहिलो हाफको १० औ मिनेटमा इलामले गोल गर्दै अग्रता लिएका थिए ।

इलामको तर्फबाट जर्सी नम्बर ९ का किस्मत लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनकै गोल नै निर्णायक गोल साबित भए । उर्लाबारीले खेल बराबरी गर्न निक्कै कसरत गरे पनि सफल भएन । खेलको म्यान अफ द म्याच इलामका लिम्बु घोषित भए । उनलाई नगद दुई हजारले पुरस्कृत गरिएको थियो ।

भ्रमण वर्षमा नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको क्वलका अध्यक्ष हरि बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख ५० हजार र उपविजेता टिमलाई १ लाख नगद पुरस्कारसहित विभिन्न विद्यामा पुरस्कार वितरण गरिने क्लबका सल्लाहकार संयोजक रत्नबहादुर बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *