October 18, 2026

मुटुभरीको माया तिमीलाई

0

रोज डे नै किन चाहियो र ?
किनकि म तिमीलाई रोज सम्झ्न्छु ।
बरु तिम्रा अधर अझै गुलावी बनून्
मन्द मधुर मुस्कान छरून्
ह्याप्पी रोज डे
मेरी रोजी ।


परपोज गर्नलाई रोज नै चाहिन्छ र ?
परपोज डे नै चाहिन्छ र ?
मेरा नयनले परपोज गरिरएका छन्
‘परपोज विथ स्पेसल परपस’
तिनीहरुको भाषा बुझ्छौ भन्ने आशा छ ।
मेरा नयनले तिम्रा नयनसँग
वार्तालाप गरिरहेछन् ।
नजरले नजरसँग
मनले मनसँग
अनि तिम्रै मायाले भरिएको
यो मुटुले त्यो मुटुसँग !
सीधा प्रत्यक्ष
अनुभूति गर ।
के मैले परपोज गरेको छैन र ?
ह्याप्पी परपोज डे
मेरी परी !

यो चिसोमा चिया खाँदा तिमीलाई सम्झन्छु
चियाएर तिम्रै तस्बिर हेर्छ
तिमीलाई नदेख्दा चसक्क दुख्छ यो मुटु
कहिलेकाहीँ तिमीलाई सम्झँदा स्कुल ढिलो पुग्छु
चकले लेखिरहेका सरले
‘ह्याइ आर यु लेट ?’
भनी सोध्दा तिमीलाई सम्झन्छु !
चकलाई हेर्छु, लेट भाको कारण खोज्छु ।
भन्न सक्दिनँ, हप्काई खान्छु
यति धेरै
यति मीठो माया साचेर राखेको छु
चकचके केटाकेटीले खाने चकलेट
के दिऊँ तिमीलाई ?
मुटुभरिको चकलेट भन्दा मीठो माया तिमीलाई
ह्याप्पी चकलेट डे
मेरी चटपटे मन पराउने मान्छे !
उपहार त हार भएकाहरुले हो दिने
तिमी सधैँ जित्छौ
यता
मैले सधँै हारेर पनि जित्छु
किनकि तिमीले जित्नु भनेको
मैले जित्नु पनि हो
भन म तिम्रै लागि
जे गर्न नि तयार
अनि तिम्रो मागको सूचीमा
अटाउँछ त्यो टेडी ?
ह्याप्पी टेडी डे
मेरी ‘डिभा’

आकाशका जुन टिपिदिने वाचा गर्दिनँ
मात्रै तिमीले मेरो विश्वास नतोड
मैले तिम्रो
म तिम्रो केयर गर्नेछु
मेरो सबै कुरा सेयर गर्नेछु
बस् यत्ति
ह्याप्पी प्रोमिस डे
हरेक प्रोब्लम्स कि सोलुसन
मेरी भ्यालेन्टाइन !

अङ्कमाल अङ्कमा रूपान्तरण गर्न सकिन्छ र ?
मेरो अङ्कमाल बिनाको भावनालाई हिसाब गर
अगणित प्रेम गर्छु तिमीलाई !
तिमीलाई ‘हग’ नगरी प्रेम गर्ने हक छ ।
त्यसैले प्रेम गरिरहेछु
ह्याप्पी हग डे,
मेरी हसिली मान्छे !

सामीप्यता त अनुभूति गर्ने कुरा हो
जहाँ भए पनि आखा चिम्लन्छु
तिमीलाई स्पर्श गरेर बहने
बतासलाई महसुस गर्दछु
तिम्रो सुगन्ध
तिमी भएको आभाष हुन्छ
योभन्दा निकट अरू केही हुन्छ ?
तिमी टाढा हुँदा
कहिल्यै रिस गर्दिनँ
मिस मात्रै गर्दछु ।
किसले सामीप्यता जनाउँछ र ?
ह्याप्पी किस डे
मेरी किनारा !

मेरा आँखाले कैद गरेर
कल्पनामा घोलेर तयार पारेको
तिम्रो सुन्दर तस्बिर तिमीलाई
मेरो धड्कनको मधूर सङ्गीत तिमीलाई
यो ज्यानले अन्तिम श्वास फेर्दासम्म
मुटुभरीको माया तिमीलाई !
महसुस गर मेरी प्रिय
योभन्दा सुन्दर केही छ अरू ?
योभन्दा के दिऊँ अरू तिमीलाई
दुनियाले देखोस् नदेखोस्
तिमीले महसुस गर्ने
माया गर्छु तिमीलाई !
ह्याप्पी भ्यालेन्टाइन डे
मेरी भ्यालेन्टाइन !

दीपक एमसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *