October 19, 2026

भद्रपुर रोटरीद्वारा इलामका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

0

 झापा,

सामाजिक सेवामा क्रियाशील रोटरी क्लव अफ भद्रपुर र रोट्रयाक्ट क्लव अफ भद्रपुरले इलाममा पुगेर विपन्न तथा शारीरिक रुपमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

बिहीबार विहान झापाको भद्रपुरबाट हिँडेका रोटरियनहरुले इलामको सूर्योदयन गरपालिका वडा नं १२ स्थित करफोक विद्या मन्दिरका विपन्न तथा फरक शारीरिक रुपमा फरक क्षमता भएका १७ जना विद्यार्थीलाई जाडो छल्न ज्याकेट वितरण गरेका हुन् । विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जहरसिंह राईको अध्यक्षतामा आयोजित एक समारोहका बीच विद्यार्थीलाई न्यानो ज्याकेटका साथै एक थान गिजर प्रदान गरिएको रोटरी क्लव अफ भद्रपुरका प्रेसिडेन्ट नोमिनी विगत ओझाले जानकारी दिनु भयो ।

क्लवका अध्यक्ष टिकाराज ढकाल, रोटरियन प्रकाशनाथ श्रेष्ठ र मेकअप बाई सुप्रियाले आफ्नो तर्फबाट उपलब्ध गराएको ज्याकेट तथा गिजर वितरण गरिएको समारोहको सञ्चालन रोट्रयाक्ट क्लव अफ भद्रपुरका सचिव सुमित मण्डलले सञ्चालन गरेका थिए भने रोटरी भद्रपुरका पूर्व अध्यक्ष राजकुमार पोखरेल, कोषाध्यक्ष पवन श्रेष्ठ, रोट्रयाक्ट भद्रपुरका अध्यक्ष गिरिश शाक्य, रोट्रक्टर प्रतिक्षा लामिछानेलगायतको उपस्थिति थियो ।

झापादेखि इलाम पुगेर त्यहाँका विपन्न विद्यार्थीलाई सहयोग गरेकोमा क्याम्पस सञ्चालक समितिका अध्यष रत्न ढुंगाना, वडाध्यक्ष डोलेन्द्र भारद्वाजलगातले रोटरी भद्रपुरको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *