October 20, 2026

दिव्यज्योतिको बार्षिकोत्सवमा २२ जनालाई सम्मान

0

बिर्तामोड।

बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको दिब्यज्योति माध्यमिक विद्यालयले २३औं वार्षिकोत्सबमा अग्रज शिक्षासेवीसहित शैक्षिक क्षेत्रमा अब्बल रहेका २२ जनालाई सम्मान गरेको छ ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच कृष्ण साह, चान महमद हुसेन, लक्ष्मीनारायण यादव, अर्जुन उप्रेती, समता दाहाल कार्की, भूपेन्द्र थापा, लोकनाथ ओली, नवीन रसाइली, ओम कार्की, कैलाश चौधरी, बोगादेबी कार्की, छत्रवहादुर राजवंशी, कवीन्द्र राजवंशी, अमित खरेल, प्रविन राजवंशी, ममता चौधरी, श्याम श्रेष्ठ, होमनाथ भट्टराई, रामकुमार गौतम र जफर आलम ‘गुण्डी’ लाई सम्मान गरिएको छ ।

सम्मानितमध्ये केहीले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्न सहयोग पु¥याएको बताइन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक मनोजकुमार खरेलले शैक्षिक अवस्थाका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल, प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेती, सम्मानित व्यक्तित्व कवीन्द्र राजवंशी, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओली लगायतले बोलेका थिए ।
यसैबीच ओलीले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने उद्देश्यले दुई लाख रुपैयाँको अक्षयकोष निर्माणका लागि सहयोग प्रदान गरेका छन् । विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष निर्माण गर्दै हरेक वर्ष विद्यार्थीलाई अध्ययनका लागि सहयोग पु¥याउने प्रधानाध्यापक खरेलले बताए ।

२०५३ सालमा स्थापना भएको विद्यालय ग्रामीण क्षेत्रकै नमूना विद्यालयका रुपमा लिइन्छ । सो विद्यालयमा अहिले स्मार्ट प्रविधिबाट पठनपाठन हुने भएकाले विद्यार्थीसंख्या समेत अधिक रहेको बताइएको छ ।

अहिले सो विद्यालयमा ७ सय ८८ जना विद्यार्थी अध्ययनरत् छन् । विविध सास्कृतिक कार्यक्रमसहित भएको वार्षिकोत्सबमा बिद्यार्थीले विद्यालयमा आर्जन गरेका कला कौशल समेत प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षक सञ्जय महतोले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *