October 21, 2026

आज नवौं विश्व रेडियो दिवस

0

काठमाडौं ,

आज नवौं विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखमा रेडियो दिवस मनाउने गरिएको छ।

रेडियोको महत्व र योगदान, चुनौतीहरुको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ। यसपटकको विश्व रेडियो दिवसको नारा ‘संवाद, सहिष्णुता र शान्ति’ राखिएको छ।

दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा देशभरका सामुदायिक रेडियोका प्रमख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहने अकोरावका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए।

नेपालमा राणाशासन अन्त्यका लागि संघर्षरत नेपाली काँग्रेसले वि.सं. २००३ सालमा रेडियो प्रसारण शुरू गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।

अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या देशभर ८ सय ४० भन्दा माथि पुगेको छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या ७ सय ६५ छ।

निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो। विभिन्न सन्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *