September 20, 2026

अमेरिकामा काेराेनासँगै नयाँ भाइरस देखियाे, डेढ कराेड मानिस संक्रमित

0

इश्वरचन्द्र झा /काठमाडौं।

नोभेल कोरोना भाइरसले विश्वका हजारौंलाई संक्रमित बनाउँदैछ । अमेरिकामा हालसम्म पाँचजना कोरोना भाइरसबाट संक्रमित छन् ।

विभिन्न राष्ट्रले कोरोना भाइरसको संक्रमण फैल्ने त्रासमा सीमा क्षेत्रमा कडाइ गर्न सुरु गरेको छ । अमेरिकी नागरिक भने ‘माश्क’ खरीद गर्न हतारिएका छन् । यस्तो परिदृश्यका बीच अर्को एक भाइरसको संक्रमणले अमेरिकी नागरिकलाई थप चिन्तित बनाएको छ ।

अमेरिका मात्रैमा एक करोड ५० लाख व्यक्तिमा उक्त नयाँ भाइरसको संक्रमण फेला परेको छ । जारी सिजनमा उक्त भाइरसको संक्रमणले कम्तिमा आठ हजार २०० जनाको मृत्यु भएको छ । तर यो कुनै नयाँ महामारी नभई इन्फ्लुएन्जा हो ।

अमेरिकाको ‘नेशनल इन्स्टिच्युट अफ एलर्जि र इन्फेक्शस डिजेज’का अनुसार सन् २०१९–२०२० को फ्लु सिजन यो दशककै सबैभन्दा बढी खराब हुने अनुमान गरिएको छ । करिब एक लाख ४० हजार जना उक्त फ्लुको संक्रमणबाट अस्पतालमा भर्ना भएका छन् ।

अमेरिकी जनजिवनमा फ्लु स्थिर रहन्छ । र फ्लुलाई सामान्य रुपमा लिनु नै बढी खतरनाक हुने टेम्पल विश्वविद्यालयमा ‘चेयर अफ फेमिलि एण्ड कम्युनिटि मेडिसिन’ का डा. मार्गट सैभोय बताउनुहुन्छ ।

“चिसो मौसममा निरन्तर खोकी लाग्नुलाई हामी सामान्य रुपमा लिन्छौं, यसरी इन्फ्लुएन्जाको जोखिमलाई कम महत्व दिनु नै मृत्युको समीप पुग्ने हुन सक्छ ।”
अमेरिकाको रोग नियन्त्रण केन्द्रले फ्लुले वार्षिक कम्तिमा १२ हजार जनाको मृत्यु हुने अनुमान गरेको छ । सन् २०१७–२०१८ मा अमेरिकामा फ्लु सिजनमा ६१ हजारले ज्यान गुमाए । चार करोड ५० लाख बिरामी भए ।

अमेरिकाको रोग नियन्त्रण केन्द्रका अनुसार जारी सिजनमा कम्तिमा १७ करोड ३० लाख खोप वितरण गरिएको छ । जुन संख्या उत्पादक कम्पनीले सिजन सुरु हुनु अघि अनुमान गरेको संख्याभन्दा करिब ४० लाखले बढी हो ।

तर पनि खोपलाई अस्वीकार गर्नेको संख्या उल्लेख्य छन् । २०१७ को एक अध्ययनले खोप प्रभावकारी नभएको र असुरक्षित भएको भन्दै खोप लगाउन धेरैले अस्वीकार गर्दै आएका छन् । रोग नियन्त्रण केन्द्रको अध्ययन सर्वेक्षणले खोप लगाउँदा फ्लुका बिरामीमा ६० प्रतिशत जोखिम कम हुने देखाएको सी एन एनले जनाएको छ ।-गोरखापत्र अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *