बुबाको स्मृतिमा अपाङ्गलाई ज्याकेट
दुधे ।

शारिरिक अपाङता भएका शिवसताक्षी नगरका नागरिकलाई नवलपरासी गैडाकोट ११ का शंकर धिताल ज्याकेट, हर्लिक्स र नगद वितरण वितरण गरेका छन ।
शिवसताक्षी नगरपालिकाका ११ वटै वडाका २२ जना शारिरिक अपाङ्खता भएका नागरिकलाई सामाग्री वितरण गरेका हुन । आफ्ना वुबा उपेन्द्र धितालको ४५ औ दिनको पुन्य तिथीको अवसरमा जाडोमा लगाउने ज्याकेट, एक किलो ग्रामको हर्लिक्स र नगद वितरण गरेका हुन ।

शिवसताक्षी नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठ, गोपाल गौरी दिगो विकास प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतम्, झापा साखा अध्यक्ष भद्रदुमी राई ,उपाध्यक्ष याम काफ्ले लगायतले सामाग्री वितरण गरेका थिए ।
यस्तै कनकाई नगरको पुकार अपाङ्ग असक्त समाजका ८ जना छात्र छात्रालाई पनि ज्याकेट, हर्लिक्स र नगद प्रदान गरिएको थियो ।
