September 19, 2026

ऊँ नम : कृषि सहकारीको चौथो साधारणसभा

0

बिर्तामोड ।

झापा बिर्तामोड–५ को हाम्रो ऊँ नम : कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा चारपानेमा आइतवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षतामा भएको सभा नेपाल दशनामी समाज केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आत्यिथतामा भएको थियो ।

आर्थिक बर्ष २०७५/०७६ सम्ममा एकसय ४ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५२ लाख रुपैयाँ रहेको अध्यक्ष वालकृष्णद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले हल्दिवारी–२ मा १६ कठ्ठा जग्गा ४० लाख ५७ हजारमा खरिद गरी अधिया दिएको अध्यक्ष बालकृष्णले जानकारी दिए ।

संस्थाको निक्षेप हिसाव १ लाख ९८ हजार ४ सय ३६ रुपैयाँ र ऋण लगानी १३ लाख २७ हजार ३ सय ९० रुपैयाँ भएको लेखा सुपरिवेक्षण समितिका संयोजक उमेश भारतीले प्रस्तुत गरेको प्रतिवेदनमा छ ।


कार्यक्रममा नेपाल दशनामी समाज प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरी, नेपाल पुस्तक ब्यवसाय महासंघका केन्द्रिय सदस्य फडेन्द्रराज न्यौपाने, नेपाल दशनामी समाज केन्द्रिय सदस्य डम्वर वन, नेपाल दशनामी समाज केन्द्रिय संरक्षक भरतलाल गिरी प्रमुख अतिथि गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत संस्थाका उपाध्यक्ष कृष्णकुमार गिरीले गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव तथा व्यवस्थापक अर्जुन गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *