Skip to content
September 21, 2026
Purwanchal Daily

Purwanchal Daily

1260-x-115_gvIKvwfjyk
Primary Menu Purwanchal Daily

Purwanchal Daily

  • E-Paper
  • गृहपृष्ठ
  • प्रदेश विशेष
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मनोरञ्जन
  • खेलकुद
  • विचार / बहस
  • अन्तर्राष्ट्रिय
  • सम्पादकीय
  • थप समाचार
  • Home
  • छोटी भन्सार स्तरोन्नतिका लागि पहल
  • अर्थ

छोटी भन्सार स्तरोन्नतिका लागि पहल

Narendra Dhakal कार्तिक २९, २०७६ 0
29     
29
Shares
भीमदत्तनगर,
कञ्चनपुरकै पुरानो बेलौरी छोटी भन्सार कार्यालय स्तरोन्नति गरी मूल भन्सार बनाउन माथिल्ला निकायमा पहल भइरहेको छ ।
विसं २०२० मा स्थापना गरिएको जिल्लाको दक्षिण क्षेत्रमा रहेको उक्त छोटी भन्सार कार्यालय सहयोगीका भरमा चलेको छ । कैलाली भन्सार कार्यालय धनगढीको मातहत रहेको सो छोटी भन्सार कार्यालयमा हरेक महिना कर्मचारी फेबदल हुने गरेका छन् । कारोवारको प्रकृतिअनुसार नासुस्तरका कर्मचारी छोटी भन्सारमा खटाइन्छ ।
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले भन्नुभयो, “पारी (भारत)मा कष्टम भए मात्रै हामीले पनि छोटी भन्सार स्तरोन्नति गर्ने हो ।” स्थानीयवासीको मागअनुसार बेलौरी भन्सारलाई स्तरोन्नति गर्न पहल भइरहेको र ढिलोचाँडो मूल भन्सार हुने प्रमुख भन्सार अधिकृत अर्यालको भनाइ छ ।
“अहिले घरायसी सामग्रीको मात्रै बढी आयात त्यहाँबाट हुन्छ”, उहाँले भन्नुभयो, “भन्सार छलेर पनि चोरी पैठारीमा सामान आयात हुने गरेको खबर आउँछ ।” कार्यालय सहयोगी तेजबहादुर मडैले सुरक्षा व्यवस्था नहुँदा माथिल्लो तहका कर्मचारी बस्न अटेर गर्ने गरेका बताउनुभयो ।
“राजश्व उठाउन पनि यहाँ सजिलो विषय छैन”, मडैले भन्नुभयो, “सामान धेरै ल्याउन राजश्व थोरैको मात्रै बझाउने प्रवृत्ति छ ।” भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बल बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म मात्रै खटिने गरेका छन् ।
कार्यालयले गत आर्थिक वर्षमा रु दुई लाख ५० हजार राजश्व सङ्कलन गरेको मडैले जानकारी दिनुभयो । उहाँले चालू आर्थिक वर्षको असोज मसान्तसम्म रु ५५ हजार राजश्व सङ्कलन भएको बताउनुभयो ।

Post navigation

Previous: अतिक्रमित भूमिबाट फिर्ता हुन साहित्यकारको माग
Next: किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगले सहजता

More Stories

artha-mantralaya
  • Featured
  • highlight
  • अर्थ
  • समाचार

आजदेखि देशभर आर्थिक गणना हुँदै

Narendra Dhakal बैशाख २, २०८३ 0
poisa
  • अर्थ
  • समाचार

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन

Narendra Dhakal चैत्र २९, २०८२ 0
poisa oralo lago
  • अर्थ
  • समाचार

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ

Narendra Dhakal चैत्र २७, २०८२ 0

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

श्रीअन्तु प्रकासन (प्रा). लि.
पूर्वान्चल दैनिक

Birtamode 1, Jhapa Nepal
+977-531002
सूचना विभाग दर्ता नं. १४०८ / ०७५ - ७६
purwanchal@ntc.net.np

समाचार,लेख ब्लग अन्य समाचारमुलक सामग्रीका लागि
purwanchal2052@gmail.com
बिज्ञापनको लागि
+977 - 530044


You may have missed

progrem
  • Featured
  • highlight
  • शिक्षा
  • समाचार

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

Narendra Dhakal बैशाख ११, २०८३ 0
Rashmi sir
  • विचार

भ्रष्टाचारको जरो र उन्मुलनको बाटो

Narendra Dhakal बैशाख ११, २०८३ 0
sampadakeya-768x455-3-1-1
  • सम्पादकीय

भन्सारको कडाइ हानीकारक नहोस्

Narendra Dhakal बैशाख ११, २०८३ 0
tikaram copy
  • स्थानीय

टिकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा तीन जना पुरस्कृत

Narendra Dhakal बैशाख ११, २०८३ 0
progrem
  • समाचार

दुई हजार ६९२ जना सवारी चालक ट्राफिक कारबाहीमा

Narendra Dhakal बैशाख ११, २०८३ 0

Purwanchal Daily Team

प्रधान सम्पादक
एकराज गिरी

सम्पादक
लक्ष्मण ढकाल

सहसम्पादक
सुरेन्द्र भण्डारी

समाचार संयोजक
नरेन्द्र ढकाल
अध्यक्ष
टोरूप प्रसाई

प्रकासक
भरतलाल गिरी

व्यवस्थापक
चन्द्रकान्त ढकाल

थप टिम
Copyright © All rights reserved. | CoverNews by AF themes.