September 21, 2026

नयाँ उज्यालोको आठौं सभा

0

बिर्तामोड।

नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष सुष्मा पौडेल भण्डारीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी प्रमुख डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य लीला खड्काले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष केशरबहादुर खवासले औचित्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष प्रेमचन्द लिम्बूले संस्थाको गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि राजेश थापा, मिलनसार सहकारीका अध्यक्ष लक्ष्मी बाँस्कोटा, साना मझौला सहकारीका देवी निरौला बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट ऋणि तिलकराज बस्नेत र डिल्लीबहादुर श्रेष्ठ, असल बचत गायत्री राजवंशी र इन्दिरा बुढाथोकी र जेष्ठ शेयर सदस्य बृहस्पति शर्मा घिमिरे र यमबहादुर बराइलीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका लेखापाल रोहित पौडेल र बजार प्रतिनिधि मनिषा न्यौपानेलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको शेयर पुँजी एक करोड ७८ लाख ८१ हजार पाँच सय, निक्षेप संकलन १० करोड ६१ लाख ९५ हजार तीन सय १८ रुपैयाँ, ऋण लगानी तीन करोड २६ लाख ७८ हजार चार सय ५१ रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा नारी सञ्चार गृहलाई उपचार कोषका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमलबहादुर थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *