September 30, 2026

लालीगुँरास महिला कृषिको १३औं सभा सम्पन्न

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित लालीगुँरास महिला कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष मेनुका पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रकुमारी सुब्बाले गरेकी थिइन् ।

कार्यक्रममा संगठनको प्रगति प्रतिवेदन अध्यक्ष पौड्यालले र लेखा समितिको प्रतिवेदन समितिकी संयोजक मीना श्रेष्ठले प्रस्तुत गरेका थिए । चुक्ता शेयर पूँजी ४७ लाख ७२ हजार नौ सय रुपैयाँ रहेको संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ४७ लाख १५ हजार दुई सय ८० रुपैयाँ, जम्मा खर्च ३७ लाख तीन हजार नौ सय ८० रुपैयाँ र खुद मुनाफा नौ लाख ६० हजार सात सय सात रुपैयाँ प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी एक करोड ४६ लाख एक हजार आठ सय ४० रुपैयाँ बचत संकलन गरेको संस्थाले दुई करोड २७ लाख २६ हजार रुपैयाँ ऋण लगानी गरि एक करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ऋण असुली गरेको छ ।

सोही कार्यक्रमको सन्दर्भमा ज्येष्ठ शेयर सदस्यद्धय शान्ता बुढाथोकी र सरस्वती बराल, उत्कृष्ट बचतकर्ताहरु मासिकतर्फ गंगामाया कार्की, ज्योती खतिवडा, देवीमाया खनाल, निर्मला ओली र वेदमाया भट्टराई तथा उत्कृष्ट बचतकर्ताहरु दैनिकतर्फ इश्वरादेवी निरौला, रानी गुप्ता, वीना राजवंशी र वेज राजवंशीलाई सम्मानित गरिएको थियो ।

त्यस्तै सामुदायिक विद्यालयबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट ग्रेड ल्याई उत्तीर्ण हुने शेयर सदस्यका सन्तानमध्ये सम्झना तामाङकी छोरा साजन तामाङलाई सम्मानित गरिएको कार्यक्रममा कृषितर्फ कौशिला गौतम, टीका मगर, दुर्गा सुब्बा र रामकुमारी चौहनलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा नगर कृषि विकास शाखा प्रमुख दिपक गिरी, नगर पशुपन्छी, मत्स्य विकास शाखाकी नायव प्राविद्यिक लीला मगर, नगर सहकारी समन्वय समितिका संयोजक प्रेमसागर सापकोटा, ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कुसुम राई, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ र महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष नीलाकुमारी दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *