September 30, 2026

भारतबाट तीन महिनामा १९ लाखको पिजा आयात

0

काठमाडौं,

नेपालमा पिजाका पारखीहरू कति होलान्। कतिले खान्छन् होला पिजारु सामान्यतया पिजाको माग काठमाडौं र पोखरामा बढी हुने गरेको होटल तथा रेष्टुरा व्यवसायीहरू बताउने गरेका छन्। रेष्टुराहरूमा पिजाको कारोबार बढेको बताउँछन्।

त्यति मात्रै नभई डिपार्टमेन्ट स्टोरहरूमा समेत पिजाको कारोबार बढेको छ। नेपाल भारतबाट पिजाको आयात हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तीन महिनाको अवधिमा नेपालले ५३ हजार रुपैयाँको १७६ केजी पिजा आयात भएको थियो।

तर, पिजाको खपत प्रत्येक महिना बढ्दै गएको छ। गत वर्षभरिमा १२ हजार ८३५ केजी पिजा ३२ लाख आठ हजार रुपैयाँ आयात गरेको भन्सार विभागको तथ्यांक छन्।

जब कि तीन महिनामा ५३ हजार रुपैयाँको मात्रै आएकोमा नौ महिनामा ३१ लाख ४७ हजार रुपैयाँको आयात भएको छ। यस वर्षको तीन महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा ३५ गुणा बढी आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा १८ लाख ९२ हजार रुपैयाँ बराबरको पिजा आयात भएको छ। आठ हजार ३२२ केजी पिजा आयात गर्ने क्रममा सरकारले पाँच लाख ३० हजार रुपैयाँ बराबरको राजस्व उठाएको छ।–थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *