October 4, 2026

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

0

सोलुखुम्बु,

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। सोलुखुम्बु प्रहरीले जिल्लाको सोताङ गाउँपालिका १ पावै बाट समूहका कार्यकर्ता पक्राउ गरेको हो।

महाकुलुङ गाउँपालिका १ बुङका ३७ वर्षीय ङिमा शेर्पालाई शुक्रबार दिउँसो तीन बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

पूर्व माओवादी लडाकु समेत रहेका शेर्पाले यस अघि विभिन्न व्यक्ति तथा जनप्रतिनिधिसँग चन्दा समेत मागेको आरोप लागेको छ।

उनको साथबाट पेस्तोलमा लाग्ने ५ थान गोली, मोबाइल २ थान र ८ वटा सिमकार्ड फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका शेर्पाको विषयमा प्रहरीले शनिबार पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *