October 7, 2026

‘चाडपर्वले नेपालीबीच सद्भाव र एकता कायम गर्छ’

0

विराटनगर,

सङ्घीय समाजवादी पार्टी प्रदेश नं १ का संसदीय दलका नेता जयराम यादवले चाडपर्वले नेपालीबीच सद्भाव र एकता कायम गर्ने बताउनुभएको छ ।

सङ्घीय प्रेस फोरमले मोरङले आज छठपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले छठ पर्व शुद्ध र अनुशासन पालन गर्ने भएकाले नेपालीबीच भ्रातृत्व र पारदर्शिता कायम गर्ने जानकारी दिनुभयो ।

सङ्घीय समाजवादी पार्टीका केन्द्रीय सदस्य भुराज राई, प्रेस फोरमका मोरङ अध्यक्ष मुकेश यादव, नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष कुमोद अधिकारी, पूर्वअध्यक्ष महेन्द्र विष्ट, पूर्वकेन्द्रीय सदस्य गणेश लम्साल, पत्रकार महासङ्घ प्रदेश सदस्य बह्मदेव यादव र मधेशी पत्रकार समाज अध्यक्ष श्यामसुन्दर सुतिहारले पत्रकारिता क्षेत्रका विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *