October 8, 2026

शनिश्चरे साना किसानको छैंटौं सभा सम्पन्न

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ मा रहेको शनिश्चरे साना किसान कृषि सहकारी संस्था लि.को छैंटौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सदस्य टंकनाथ बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य समितिकी उपाध्यक्ष गोमादेवी बिमलीले गरेकी थिइन् ।

कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन अध्यक्ष खड्काले, लेखा समितिको प्रतिवेदन संयोजक केदारनाथ पोखरेलले, पशु सुरक्षण(वीमा) समितिको प्रतिवेदन संयोजक नरेन्द्रप्रसाद अधिकारीले र प्रबन्धकको प्रतिवेदन प्रबन्धक भूमिनाथ बरालले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ६९ लाख नौ हजार एक सय रुपैयाँ र कोष हिसाबमा ४८ लाख ६१ हजार नौ सय १८ रुपैयाँ ९६ पैसा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा निक्षेप एक करोड ३४ लाख ९१ हजार एक सय ११ रुपैयाँ ६२ पैसा रहेको संस्थाको जम्मा आम्दानी ६९ लाख ७७ हजार पाँच सय ९७ रुपैयाँ ७८ पैसा, जम्मा खर्च ५२ लाख ७६ हजार पाँच सय ६५ रुपैयाँ ७४ पैसा र जम्मा नाफा १७ लाख एक हजार ३२ रुपैयाँ चार पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाले चालु आर्थिक वर्ष ०७६÷०७७मा शेयर पूँजी ७७ लाख रुपैयाँ, जम्मा आम्दानी ९६ लाख एक हजार पाँच सय ४९ रुपैयाँ ६० पैसा, जम्मा खर्च ७७ लाख ६४ हजार आठ सय ५६ रुपैयाँ ६२ पैसा र जम्मा नाफा १८ लाख ३६ हजार छ सय ९२ रुपैयाँ ९८ पैसा पु¥याउने लक्ष्य लिएको छ ।

सोही सभाको अवसरमा उत्कृष्ट घोषित अन्तर समूहतर्फ अन्तर समूह १०, तरकारी खेतीतर्फ महिला कृषक भीमा गिरी र पशुपालनतर्फ विचारी गुरागाईंलाई पुरस्कृत गरिएको थियो ।

नगर कृषि विकास शाखाका प्रमुख दिपक गिरी, नगर पशुपंक्षी मत्स्य विकास शाखाका प्रमुख पदमलाल राई, झापा जिल्ला कृषि सहकारी संघका सचिव रामप्रसाद ओली, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याललगयातले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *