May 2, 2026

प्रदेश नं १ देशकै अब्बल बन्दै : मन्त्री कार्की

0

दमक,

प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण र विकास खर्चका आधारमा यो प्रदेश देशकै अब्बल प्रदेश बन्दै गएको बताउनुभएको छ ।

दैनिक कार्य सञ्चालनका लागि विभिन्न ४२ कानून निर्माण भइसकेको र बजेट कार्यान्वयनमा देखिएको प्रभावकारिताले पनि प्रदेश सरकार अब्बल बन्दै गएको उहाँको भनाइ थियो ।

झापाको गौरादहस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउन वर्तमान सरकारले काम गरिरहेको उहाँले जिकिर गर्नुभयो ।प्रदेशमा यस वर्ष रु ४२ अर्बको बजेट भएको बताउँदै उहाँले त्यस बजेटको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाउनुभयो ।

देशमा तीन खालका कानून विद्यमान रहिरहेकाले पनि सोचे जतिका काम हुन नसकेको गुनासो गर्दै मन्त्री कार्कीले स्थानीय तहका जनप्रतिनधिलाई सुविधा उपलब्ध गराउने कानून निर्माणमा परिपक्बता देखाएकै कारण अन्य प्रदेशको ऐन खारेज हुँदा पनि यहाँको ऐन यथावत् रहेको छ भन्नुभयो ।

प्रदेशको नामकरणका लागि विभिन्न नाम अहिले छलफलमा रहेको छ भन्दै मन्त्री कार्कीले केही नाम बहसमा आए पनि सबैको भावना समेटेर यस वर्षको हिउँदे अधिवेशनमै नामकरण गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *