October 16, 2026

रहेनन् पूर्वप्रहरी महानिरीक्षक सिंह

0

काठमाडौ‌ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ। सिंहको बिहीबार बेलुकी ९ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

बाथ र मुटुरोगबाट पीडित सिंहको उपचारका क्रममा निधन भएको प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।

सिंह २०४३ देखि २०४७ सम्म करीब चार वर्ष प्रहरी महानिरीक्षक बनेका सिंह २०४६ को जनआन्दोलनका बेला प्रहरी महानिरीक्षक थिए।

हेर्दा खरो तर नरम स्वभावका सिंहका छोरा योगी बनेर पशुपतिनाथको गोरक्ष पीठमा बस्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *