September 21, 2026

सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

0

काठमाडौँ ।

संघीय सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार साहलाई अदालत पेस गरिएको थियो ।

अनुसन्धानका लागि प्रहरीले १० दिनको लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनमात्र दिएको हो ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *