करेन्ट लागेर १ जनाको मृत्यु
झापा।
झापाको दमक नगरपालिका-३ शरणार्थी शिविरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
बुधवार साँझ साँढे ६ बजे शरणार्थी शिविरको खाद्यान्न गोदाम छेउको पोलमा पाथिभरा नेटवर्कीङ प्रा.लि.ले नेटवर्कको तार ताँग्ने क्रममा अचानक करेन्ट लाग्दा नेटवर्कीङ प्रा.लि.का कर्मचारी २३ बर्षीय प्रकाश कार्की गम्भीर घाईते भई उपचारको लागि दमकको आम्दा अस्पताल लगिएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
