April 30, 2026

नेपाली नक्कली नोटको बिगबिगी, एक जना पक्राउ

0

धनगढी ।

जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी नक्कली नोटसहित पक्राउ परेका हुन्।

एक हजारका १७ वटा नक्कली नोट दिएर पाँच सय दरका नोट सटहि गन लागेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ स्थीत सेती अस्पतालको फार्मेसीमा उनले नोट सटहि गर्न लागेको प्रहरी सम्म सूचना पुगेको थियो। त्यसलगत्तै प्रहरी उनको खोजिमा लाग्यो। हुलियाको आधारमा चौधरीलाई प्रहरीले उप–महानगरपालिकाकै वडा नम्बर १ बाट प्रक्राउ गरेको हो। चौधरीको साथ बाट एक हजारका थप ४ वटा सहित २१ वटा नक्कली नोट बरामत गरिएको प्रहरीले जनाएको छ।

खोटा चलान शीर्षकमा अदालतबाट म्यादथप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। केही दिन अगाडि पनि धनगढीको पिपल चौतारा स्थित तरकारी पसलमा नक्कली नोट फेला परेको थियो। एक पछि अर्को गर्दै धनगढीमा नक्कली नोट फेला पर्न थालेपछि प्रहरीलाई चुनौती थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *