September 15, 2026

कांकरभिट्टा आउँदै गरेको बस मोरङको पथरीमा दुर्घटना एकको मृत्यु

0

मोरङ,

मोरङको पथरी बजारमा बिहीबार बिहान यात्रु बस दुर्घटनामा परेको छ।  पथरी बजारको पश्चिम पथरीखोला नजिकै बस दुर्घटनामामा पर्दा अन्य १६ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई जोगाउन खोज्दा कानेपोखरीबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्वरको बस बीच सडकमा पल्टिएको थियो।

पथरी प्रहरीका अनुसार बसमा यात्रारत मोरङ्ग उर्लाबारीकी १३ वर्षीया अस्मिता खतिवडा, ६ वर्षीया अविना खतिवडा, दमककी १३ वर्षीया प्रविणा भटराई, उर्लाबारी नगरपालिका-५ का इन्द्रमाया गुरुङ्ग, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी-३ का चित्र दहाल, त्यही ठाउँका श्रवण दहाल, निर्मल गिरी, श्याम कार्की, टीकाराम थापा, मदन कुमारी चापागाईं, सुकदेव धिमाल, जिवन बराइली र प्रेम कार्की घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल र केहीलाई विराटनगर लगिएको छ। ग्रामीण भेगमा चल्ने  उक्त बसमा बालबालिका, वृद्ध वृद्धा र महिलासहित ३५ बढी यात्रु रहेको प्रहरीले जनाएको छ।  पिकअपमा चालक मात्रै सवार रहेका थिए। उनी पनि गम्भीर घाइते भएका छन्। उनको पहिचान खुल्न नसकेको जानकारी प्रहरीले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *