September 15, 2026

‘झापा नाटक घर’ निर्माणका लागि तयारी तीव्र

0

 

बिर्तामोड,झापामा वहुजातीय सांस्कृतिक संग्राहलय सहितको नाटक घर निर्माणका लागि तयारी तीव्र पारिएको छ ।

२५ करोड रुपैयाँको लागतमा नाटक घर निर्माणका लागि क्षितिज नाट्य समूह झापाले तयारी शुरु गरेको हो । नाटक घर निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिलाई एकै ठाउँमा उभ्याएर आर्थिक श्रोत जुटाउन शुरु गरेको सो समूहले जनाएको छ ।

मंगलवार बिर्तामोडमा सञ्चारकर्मीहरुलाई नाट्य समूहले तयार गर्न लागेको नाटक घरको विषयमा जानकारी दिँदै सञ्चार क्षेत्रबाट नाटक घर निर्माणका लागि सहयोग पु¥याइदिन आग्रह गरिएको थियो ।

नाटक घर निर्माणका लागि आर्थिक श्रोत जुटाउन वर्वरिक नाटकलाई बिर्तामोडमा मञ्चन गरिने जानकारी दिँदै सञ्चारकर्मीहरुको सहयोगार्थ समिति समेत गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा सिवाकोटीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा सुरेन्द्र भण्डारी, सुव्रत न्यौपाने, लक्ष्मी काफ्ले, रमेश तिवारी, विशाल नेम्वाङ्ग, टीकाराम उप्रेती, सुष्मा राजवंशी, र रेजिना रोदन गौगम रहेका छन् ।

नाटकघर निर्माणका लागि सांसद पवित्रा निरौला खरेल, राजेन्द्र लिङ्देन, हरिचरण शिवाकोटी, विमला विक, धर्मशीला चापागाईलाई सल्लाहकार समितिमा चयन गरिएको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

त्यस्तै संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, नरेश खरेल, मनकुमार गौतम, अमृतलाल राजवंशी, पूर्व सांसद देवराज घिमिरे, प्रदेश सभा सदस्य एकराज कार्की, जसमाया गजमेर, विर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईलाई सल्लाहकार समितिमा चयन गरिएको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

त्यस्तै सामाजिक व्यक्तिवहरु राजकुमार पोखरेल, गोपाल कुमार वस्नेत, सुरेश भद्रपुरे, शिवशंकर थापा, महेन्द्र कुमार गिरी, रोमणि भट्टराई, सीपी कडरिया, जलकुमार गुरुङ, केदार गिरी मदनगोपाल सुव्वा, भोजराज सिटौला, भानु शिवाकोटी, कमल खरेल राजु धमला र अग्नि पाण्डेलाई चयन गरिएको क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले जानकारी दिए ।

कार्यक्रममा वैशाख ७ गतेबाट मञ्चन गर्न लागिएको वर्वरिक नाटकका नाटक मञ्चन संयोजक ज्ञानु प्रसाई, सह संयोजक कुमार भट्टराई लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *